narayan thapa

Narayan Thapa:: Redhat Certified Engineer(RHCE), Redhat Certified Technician(RHCT),PHP Programmer and IT consultant from Nepal

तिम्रो सम्पादकले शोभालाई निकाल्यो रे हो ?

हैन होला,निकालेको भए त मलाई थाहा हुनुपर्ने ।

किन तिमीलाई थाहा हुनुपर्ने -तिमी उसको को हौ र ?

ल,कस्तो कुरा गर्र्छौ - उ र म संगै एउटै विभागमा काम गर्छौं, उसका सवै कुराहरु मलाई प्रायः थाहा हुन्छ । उसलाई निकालेको भए त उसले मलाई भन्नुपर्ने ।

छोड् देउ ल, तिमीलाई केहि थाहा रहेनछ । भोली अफिस गएपछि थाहा पाउंछौ ।

तिमीले कसरी थाहा पायौ ?

तिम्रो हाकिम हाम्रो अफिसमा आएको थियो,उ भन्दै थियो ।

राजन मेरो साथी र गाउँले पनि । अलग अलग अफिसमा काम गर्ने भएपनि उसको अफिसको वारेमा मलाई र मेरो अफिसको वारेमा उसलाई थाहा हुने गर्छ । उसको कुरा पछि मलाई खल्लो महसुस भयो । शायद हो कि ! अँ उ र्फकने वेलामा म वाहिर गएको थिएँ । अनि उसले कसरी भन्थी ।

जाँदै गर्दा मनमा लागेको कुरा उ संग भनिहालें, वुझयौ उसलाई निकालेको भए त सांझ र्फकदा उ रुदै फर्किहोली ।

तिमी कसरी त्यस्तो भन्न सक्छौ ?

उसको वारेमा मलाई धेरै थाहा छ । संपादकले एकपटक हप्काउदा उ रोएको मैले देखेको छु । साहृै कमलो मन छ उसको ।

उसको वारेमा तिमीलाई किन यति धरै चिन्ता ? रोओस् कि के गरोस् । कि केहि चक्कर छ ?

ल,तिमी पनि कस्तो कुरा गर्र्छौ ! उ मेरो साथी हो र सवैभन्दा मिल्ने सहकर्मी पनि । अफिसमा उसले जति सहयोग अरु कसैले सायदै गर्ला ।

ल ल वधाई छ । कहिले देखि केटीहरु तिम्रा मिल्ने साथीहरु हुन थाले ? तिमीले जति ढांटे पनि त्रि्रो अनुहारले सवै वताइरहेको छ । जवर्जस्ती किन हास्ने प्रयास गर्छौ ? वरु सिधै भनन, म भोली अफिसमा भनिदिउंला ।

त्यस्तो केहि हैन ,वरु उसलाई किन निकालेको रहेछ, केहि थाहा छ ?

खै !अस्तिको त्यो ‘मर्डर केस’ को समाचार थिएन, हो त्यसमा उसको कारणले मैले धेरै दवाव खेप्नुपर्‍यो भन्दैथियो । सायद त्यसैको खटपट पो हो कि ?

अर्को दिन अफिस संझने वित्तिकै मलाई जान हतार भयो । त्यो दिन अरुदिन भन्दा सायद १०/१५ मिनेट पहिले नै अफिस पुगें कि । काम गर्न मन लागेकै थिएन । म थाहा पाउन चाहन्थें, आखिर भएको के हो ? सिधै सोध्नु पनि भएन । अफिस समय भन्दा एक घण्टा पछिसम्म संगैको क्याविन खाली भैरहेको देख्न सकिन । मलाई हिजोको कुरा पक्कै हो भन्ने भयो।

कुनै कामको निहुं पारी म आफ्नो विभाग प्रमुखकोमा पुंगे । कुराको सिलसिलामा उसले नै शोभाको कुरा निकाल्यो ।

२/४ दिन तपाईलाई कामको वोझ हुन्छ है।

किन र सर ?

शोभा अव आउंदिन ।

किन - छुट्टमा हो ?

हैन। उसलाई निकालिदिएको । यस्तो पाराले पनि काम चल्छ ।

ए !

तर केहि छैन । नयाँ मान्छे राखेर तालिम दिंदा केहि दिन त लागिहाल्छ । सवै तपाईले सम्हाल्नु पर्छ ।

हुन्छ नि सर ।

अव मलाई पक्का विश्वास भयो र खल्लो महशुस पनि । कहिं केहि नपुगे जस्तो । उसको महत्व र उसको असर ममा विस्तारै थाहा हुंदै थियो । आखिर उ अति नै मिल्ने साथी पनि त थिई । मैले नभनेपनि उसले मेरा सबै कुराहरु सोध्थी र म आफ्ना पनि सबै कुराहरु सुनाउथें फुर्सद हुने वितिक्कै अनि अफिस बाट संगै र्फकदा धेरै कुराहरु हुन्थे । हो कति कुराहरु उ भन्थी, रमाईलो गर्थी र मलाई जिस्काउंथि पनि अफीसबाट घर र्फकदा दिन भरको बोझको कुनै सँझना हुने थिएन । हामी हिडदै आउथ्यौ र त्यो समयमा म प्रायः कहिल्यै गम्भीर भईन उसलाई जिस्काउथें मात्र, कति कुराहरुमा उ पनि लाडे भएर जिस्कन्थी अनि कहिलेकांही रिसाए जस्तो गर्थी मैले माफी नमाग्दा सम्म । क्याबिनमा आएर त्यो दिन जानु पर्ने कार्यक्रमको सुची हेर्दै थिएँ ।

“के छ सर आरामै हुनु हुन्छ-” उसको स्वर सुनिहालें ।

“ठीकै छ अनि तपाईको -”।

“थाहा पाई सक्नु भयो होला, म अब आउंदिन ।”

“सरले के भनि निकालेको -”

“त्यस्तो केहि भन्नु भएन। त्यहि हो, अहिले अफीसको हालत राम्रो छैन चलाउन गाह्रो भैरहेको छ तिमी भोली देखि काममा नआउ, आबस्यक परे फेरी बोलाउंला भन्नु भयो ।”

“अनि तपाईले -”

“मैले के भन्नु ,ठिकै छ हुन्छ भनेँ ।”

उसको त्यो चम्किलो अनुहारमा केहि पिडा बोध थिएन । एकदम निर्दोष अनुहार कुनै भाव विनाको । एक छिन कुरा गर्नको लागि भनि हामी नजिकैको क्यान्टीनमा गयौं।खाने समय त थिएन तै पनि समय बिताउनकै लागि २ कप कफि मगायौँ ।

“अनि अब के गर्नुहुन्छ त -”

“थाहा छैन । सायद आफनो पर्ढाई पुरा गर्न तिर लाग्छु कि -”

“किन अब जागिर नखाने - अन्त प्रयास गर्दा भै हाल्छ नि -”

“हैन अब १/२ बर्षजागिर नखाने । पहिला पर्ढाई पुरा गर्ने कि भनेर सोच्दैछु ।”

यता उताका कुराहरु भए । ऊ गम्भीर थिई र म पनि । करिब आधा घन्टा पछि म आफ्नो क्याबिनमा छिरे र ऊ पनि घरतिर लागि । जानेवेलामा वेलावेलामा फोन गर्न र इमेल गर्न नविर्सन भनि । उ ढोकावाट वाहिर निस्कदै गर्दा मैले ख्याल गरें, जिन्स पाईन्ट र टिर्सटमा उ एकदमै राम्री देखिएकी थिई । मैले उसलाई पहिलोचोटि पुर्ण रुपमा हेरें,उ सांच्चिकै राम्री देखिएकी थिई,आफ्नो विचार जस्तै।

सांझ र्फकदै गर्दा मैले अझ वढि खल्लो महसुस गरें । एक्लै भएपनि त्यो दिन म हिंडेरै आएं । त्यो दिन कुनै रमाइलो थिएन । म एक्लै थिएँ । मान्छेहरुको भिडमा फगत एक्लै । जेहोस् वाटोभरि मैले उसकै वारेमा सोचिरहें । उ आएदेखि आजसम्मका सवै पलहरु । उ आएपछि मलाई कत्ति सहयोग गरेकी थिई । सधै हांसिरहने उसको चेहरा । उसले मलाई असल श्रोता भन्थि । वाटोभरि उ वोलीरहन्थी । हाँस्दै । मलाई पनि रमाईलो लाग्थ्यो । म त्यति नवोल्ने मान्छे,आफ्नो वारेमा कमै भन्ने मान्छे । प्राय उ आफ्ना सवै कुराहरु भन्थि । किन मसंग यति धेरै कुरा गरेकि ? कहिल्यै सोधिन । तपाई पनि आफ्ना वारेमा केहि भन्नुस् न ।उ कर गर्थी र म पनि भन्थेँ । “तपाई त कस्तो मान्छे,अरुहरु जस्तो हुनुहुन्न।”

उ मेरा वारेमा टिप्पणी गर्थि ।वोलेर मैले तपाईलाई धेरै सताएं हगि । विहान जाने वेलामा पनि भन्दैथिई “अव कहिल्यै सताउंदिन “।

हो एकहप्ता वित्दै थियो उ गएको । विचमा कुनै संपर्क भएको थिएन । उ गएपछि म काममा वढि लागेको थिएं । एक त अलिकति वढि वोझ थपिएको पनि थियो र अर्को कुरा गफमै पनि म उसंग जति अरुसंग खुल्न सक्दिनथें । अफिसवाट म निस्कनै आंटेको थिंए । उसको फोन आयो । मलाई सम्झना छ,मैले फोनमा त्यो दिन जति लामो कुरा कहिल्यै गरेको थिईन साथिहरुसंग । लगभग आधा घण्टा । उसले हप्ताभरिका आ_ना कुराहरु प्राय भनि ।

“तपाइ मान्छे त कस्तो ? फोनै गर्नुहुन्न र इमेल पनि त खै ?”

उ गुनासो गर्दै थिई । मैले उसको नम्वर आफुसंग नभएको वहाना पारें । उसले नम्वर दिई । दिउसोमा आफु घरमै हुने हुंदा कुनैवेला फोन गर्न भनि । अनि एकदमै ख्याल गर्नेजस्तो गरेर केहि सुझावहरु दिई । आफ्नो ख्याल गर्न भनि ।

त्यो गएका पछिका दिनहरु फुर्सदमा उसलाई सम्झदै गर्दा गएका थिए । आज फोन गरी, मलाई रमाइलो लाग्यो । मलाई थाहा छ उसले मलाई एकदमै पिडा दिएकी थिई । एउटै मान्छेलाई लगातार सम्झना गरि रहनु एकदमै पिडादायी कुरा थियो । तर त्यो पिडामा केहि रमाइलो, केहि खुसी पनि थियो र आफ्नै किसीमको आफ्नोपन पनि । पिडा नै सहि सम्झीरहुँ जस्तो र अर्को कुरा के पनि थियो भने म शुन्यमा छु जस्तो लाग्थ्यो । बाहिरी संसार सँग बेपरवाह भएर चल्दा केहि व्यवहारहरु अनौठा पनि भएकी साथीभाई, सहकर्मीसँग त्यो अवस्थामा ।

दिनहरु विस्तारै वित्दै थिए । हामी हप्ता हप्तामा इमेल लेख्थ्यौं । च्याट पनि हुन्थ्यो तर इमेलमा अर्कै अपनत्व हुन्छ । पढ्दा र लेख्दा पनि १०/१२ दिनमा फोनमा गफ पनि हुने गथ्र्यो । कहिले ऊ गर्थि अनि कहिले म । प्राय पालै पालो हुन्थ्यो । यो सब त ठिक थियो । तर मैले उसले बोलेका शब्दहरु र इमेलबाट अझ बढि पिडा खपिरहेको महसुस गरिरहेको थिएँ । उसको बारेमा अझ बढि सोच्न थालेको थिएँ । हामी फोनमै पनि जिस्कन्थ्यौं । अनि एकले अर्कालाई आफ्नो ख्याल गर्न भन्थ्यौं । इमेलमा स्वास्थ्य, ‘क्यारियर’, पर्ढाई अनि नोकरीका बारेमा कुराहरु हुन्थे । हामीले एकले अर्कालाई बुझ्न र विश्वास गर्न सक्छौं भन्ने भैसकेको थियो । बस मेरो पिडाको कारणहरु नै पनि यहि वन्थ्यो । हामी नभेटेको धेरै भैसकेको थियो । अफिस मै पनि उसको बारेमा कुरा हुँदा अलि चासो हुन्थ्यो ।

आखिर म यी सबै बोझ एकलै बोकिरहन सकिन । एकदिन अति मिल्ने साथीलाई भनेको उसले मलाई प्रेम भएको बतायो । म यो सब मान्न तयार नै थिइन । म प्रेम हुनबाट टाढै भाग्ने मान्छे केटीहरुसँग जति बढि मित्रता हुँदै गयो त्यति बढि कुराहरु हुन्छन् । एकले अर्काको बारेमा त्यति नै थाहा हुँदै जान्छ अनि प्रेम हुन्छ भनि सोचाई राख्ने मान्छे म । त्यसैले म केटीहरुसँग गहिरो मित्रता गास्दिन थिएँ र प्रेम हुनबाट बच्न यो सबबाट बच्नु पर्छ भन्ने लाग्छ र म त्यस्तै व्यवहार गर्दै पनि थिएँ तर आज मेरो आफ्नै सोचाई लागू भएको थियो ममा । नजानिदो तरीकाले म ऊसँग फसिसकेको थिएँ । उम्कनै नसक्ने गरि । आखिर यो प्रेम हो त - सायद हो कि ∕ विस्तारै म यो प्रेम नै हो भनेर विश्वास गर्न थालेको थिएँ । उसको सम्झना गर्दा अहिले ऊ के गर्दै होली अथवा उसले मेरो बारेमा के सोच्दै होली भनेर सोच्न थालेको थिएँ । मलाई जस्तै उसलाई पनि महसुस भएको छ कि - उसले मेरो बारेमा भन्ने गरेका सकारात्मक कुराहरु सोचेर रमाउने गर्थेँ । फोन अथवा इमेलमा ऊ अति नै खुल्ने गर्थि । अझ भनु ,एउटा शक्ति उसले मलाई गलाएकी थिई, उसले सोध्नु मात्र पथ्र्यौ, म ढाट्नै सक्दिन थिएँ । हो उ पनि त मलाई ढाट्दिन थिइ ।

सोच्दै जाँदा सोचाईको पराकाष्ठामा पुगेपछि मलाई पेटमा दर्द हुन थाल्थ्यो । शरिर सिरिङ्ग हुन्थ्यो । म यो सब कुरा ऊ सँग गर्नै सक्दिनथें । मलाई थाहा थियो । ऊ प्रेममा विश्वास गर्दिन थिई । उसले एकचोटि भनेकी थिई “सर बुझ्नु भो मलाई प्रेममा विश्वास नै छैन”

“किन र ?”

“मैले आफ्ना धेरै साथीहरुको प्रेम देखेकी छु तर कमै मात्र सफल भएका छन् ।”

हाम्रै अफिसको अर्कै विभागमा काम गर्ने केटा र केटीको विचमा प्रेम भएको कुरा अफिसमा गाँइगूँइ चलेको थियो । तिनका बारेमा पनि हामीले चर्चा गरेका थियौं ।

“सरलाई के लाग्छ ? के यिनीहरुले साँच्चै प्रेम गर्छन त एकले अर्कालाई ?”

“किन र गर्छन होला ” ।

“त्यस्तो केहि हैन सर । यो सब ‘फेन्टा लभ’ हो ।”

यो ‘फेन्टा लभ’ भनेको के नि ?”

” ‘फेन्टा लभ’ भनेको आकर्षाण मात्रै हो । यीनीहरुले ‘टाइम पास’ मात्र गरेका हुन् । सरले दुइ चार महिना पछि थाहा पाई हाल्नु हुन्छ नि “।

आखिर नभन्दै चार पाँच महिना पछि उनीहरुको प्रेम सम्बन्ध टुट्यो । आफूले भनेको पुगेकोमा ऊ मुस्कुर्राई ।

यी सब कुराहरुले गर्दा मेरा यी अनुभवहरु, उसको बारेका भावनाहरु ऊसँग भन्न सक्दिन थिएँ । प्रेम प्रस्ताव राख्नु मेरा लागि झनै असंभव कुरो थियो ।

भ्यालेन्टाइन डे का दिन फोन गरेर उसले भनेका कुराहरु चाहे जिस्केर नै किन नहोस् अथवा फोनमा गफ हुँदै जाँदा उसले भनेका कुराहरु म कसरी विर्सन सक्थें । पिडा त सहनु नै थियो ।

उसको र मेरो सम्वन्धको बारेमा एकदिन म विश्लेषण गर्दै थिएँ । विस्तारै म केलाउदै गएँ । अनि एउटा निष्कर्षमा पुगे । हो मलाई प्रेम भएको छ । एउटा निको नहुने रोग पिडा सँगै आनन्द दिने रोग । अझ अर्को निष्कर्षके पनि निकाले भने मैले उसको बारेमा जे सोच्छु, त्यो उसले सोच्दीन । म उसको बारेमा सोचेर जति तनावमा हुन्छु त्यो उसलाई मतलब छैन । लापरवाह मेरो बारेमा । ऊ त्यति सोच्ने गर्दिन । इमेल पढदा अथवा फोन गर्दा मात्र उ मलाई सम्झने गर्छे। हाम्रा बिचमा जति कुराहरु आदान प्रदान हुन्छन, ति सब मित्रताको नाममा हुने गर्छन । उ मलाई एक अति मिल्ने साथि (?) ठान्छे मात्र । प्रेमको बारेमा उ सोच्दै सोच्दिन किनभने ऊ आफै प्रेममा विश्वास गर्दिन र म प्रेमबाट टाढै भागिरहेको मान्छे भन्ने पनि थाहा छ उसलाई ।

एउटा निष्कर्षत निस्कियो । तैपनि मनको कुनै कुनामा केहि आशा बाँकी थियो । सायद ऊ पनि यस्तै सोच्ने गर्छे कि ? नहुन पनि सक्छ तर आशा न हो एउटा त्यान्द्रो कसैगरि बाँच्नको लागि आफ्नै तरिकाले । कसरी थाहा पाउनु उसले के सोच्छे भनेर । कुनै माध्यमबाट सिधै प्रस्ताव गरुँ, उसले नकारी भने त्यो बेलाको पिडा सहनै गाह्रो हुन्छ । प्रस्ताव नै नगरुँ । एउटा आशा त हुन्थ्यो । पिडा सँगै केहि समय रमाउनका निम्ति ।

उसको बारेमा सोच्नु, फेरि उहि निष्कर्षमा पुग्नु अनि अन्त्यमा फेरी आशा पलाउनु मै धेरै समय वितेको थियो । फोन, इमेल र च्याटको सिलसिला नियमित नै थियो । भेटघाट भएको थिएन । आखिर कसरी हुन्थ्यो - आफूले छोडेको अफिसमा ऊ कुनै किसीमले आउनै नचाहने अनि मैले कहाँ गएर भेट्नु । उसलाई कहिँ त बोलाउनै सक्दिनथें । ‘डेटिङ्ग’ भैहाल्थ्यो प्रेमी र प्रमीकाको जस्तो । मेरा बारेमा यत्तिका समय पछि पनि ऊ के सोच्छे ? थाहै थिएन ।

अब विस्तारै उसको बारेमा सोच्ने समय कम हुँदै गएको थियो । म काममा बढि व्यस्त हुँदै गएको थिएँ । यो एउटा बाध्यता पनि थियो । करीब एक वर्षसम्म एउटै ठाउँमा बसेर भेटघाट नै नगर्नु, एउटा रमाइलो कुरा थियो । तैपनि उसको बारेमा मलाई र मेरा बारेमा उसलाई सबै थाहा थियो ।

बिदाको दिन थियो । म बजारमा किनमेल गरेर र्फकदै थिएँ । त्यहि त हो एक्लोपना सँगै उसको सम्झना सम्झिदा पिडा हुन्थ्यो । हिडैदा गर्दा मैले निर्णय गर्दै थिएँ । अब ऊसँगको मित्रता विस्तारै कम गर्दै लाने ऊसले थाहा नपाउने गरि । फोन, च्याट, इमेल विस्तारै कम गर्दै लगेर उसको सर्म्पर्कबाट टाढा हुने । त्यसका लगि केहि समय लाग्थ्यो र त्यो समयमा भएका गफहरुमा प्रायः आफ्नो बारेमा कमै भन्ने उहि पहिले जस्तै । उसको बारेमा पनि कमै सोध्ने । प्रत्येक इमेल र फोनमा एउटै कुरा हुँदा उसले पनि फोन र इमेल विस्तारै कम गर्दै लग्थी ।

मलाई थाहा छ, उसलाई विर्सन गाह्रो त हुन्छ तैपनि प्रयास त गर्नै पर्ने थियो । मेरो आशाको त्यान्द्रो पनि चुडिसकेको थियो । उ मलाई प्रेम गर्थि भने एक वर्षसम्म त्यति कै बस्न सक्ने थिईन । म पो पुरुष उ नारीको कमलो मनले कसरी सहन सक्थ्यो । म भ्रममा थिएँ र मैले उसलाई विर्सनै पर्ने थियो । पिडाबाट छुट्कारा पाउनका निम्ति ।

बाटोमा हिडैदा गर्दा १०/१२ पाइला अगाडि मैले देखे । उ पनि कोहि साथीसँगै अगाडि गइरहेकी थिई । हैन कि ? कसरी हुन्नथ्यो । मैले उसको कपाल, हात, हिडाइलाई विर्सेकै थिइन । पहिला मैले उसको कपाल हेरें । उसको जस्तो कपाल अरु कसैको छैन, म सजिलै छुट्याउन सक्थें । उसको कपाल बाध्ने तरिकाबाट ।अनि हात हेरेँ उही हात त हो । अनि हिर्डाई र छेउबाट देखिएको उसको चम्किलो अनुहार, मैले उसलाई सजिलै चिने । उसको ढिलो हिर्डाईलाई म सजिलै भेटाउन सक्थेँ । बस केहि छिन रोकिएँ र फेरि हिडें । अब म उसलाई भेट्न र कुराकानी गर्न नै चाहन्न थिएँ । उसको चम्किलो अनुहारको सामना म कसरी गर्न सक्थें । कुनै पनि बेला ऊ पछाडी फर्कि भने उसले मलाई देख्ने थिई र उससँग कुराकानी गर्नु पर्ने थियो । कुराकानी गर्न प्रयाप्त थियो मलाई पिडा बढाउनका लागि । म यो सब चाँहदैन थिएँ । म सँग अब ऊसँग नभेटनका लागि तिनवटा विकल्प थिए । एकछिन त्यही रोकिएर धेरै पछि त्यही बाटो जाने, अर्को थियो त्यो बाटो नै नजाने कतै मोडिएर जाने र अन्तिम विकल्प थियो त्यही बाटो जाने तर अर्को छेउबाट ऊ भन्दा एकदम छिटो ऊसलाई नदेखे झैं गरेर ।

म एकछिन रोकिएँ मलाई त्यो बाटो छोडेर भाग्न अथवा त्यहीं रोकिन मन लागेन । अन्तिम विकल्प नै सायद ठिक थियो । मैले बाटो काटेँ र त्यही बाटो अर्को छेऊबाट छिटो छिटो पाईला चालेँ । उ पट्टित र्फकने कुरै थिएन, नदेखे झै गर्नु थियो । अनि आफ्नै परिचित हिर्डाईमा एकदम छिटो छिटो चलें । ऊ भन्दा केहि अगाडि आए पछि फेरि बाटो काटेँ र उ हिडेकै छेउबाट हिड्न थालें । किनभने म घर जाने बाटो त्यहि छेउबाट जान्थ्यो । उसले मलाई देखि की देखिन थाहा छैन तर म उ भन्दा अघि अघि गैरहेको थिएँ, छिटो छिटो सायद केहि अत्तालिदो गरेर ।
आफ्नो घर जाने बाटोछेउमै अडिएर पछाडि हेरें। उ कहिं थिईन । टाढाटाढा सम्म । म उसलाई प्रेम गर्ने मान्छे । म उसलाई नभेटेरै एकदमै अगाडि आएको थिएँ, उसले कहिलै भेट्नै नसक्ने गरि ।

————————————

Also read मृत्यु

Not always, I used to write something when I became lazy. Sometimes story, sometimes poem and sometimes other things. Previously I was working on media (newspapers). So, I love to write (to be lazy :) ). Here I have copied/pasted a story that I have written and published on Nepal Magzine dated chaitra 24, 2060. Story can be found on “sahitya” link through following URL:

http://www.kantipuronline.com/Nepal/Archive/86th%20issue/index.html


Sketchअफिसबाट र्फकंदा प्रायः म पैदल नै र्फकने गर्छु । सांझको शीतल हावासंगै कसैका बारेमा सोच्नु अथवा वस्तुस्थितिका बारेमा विश्लेषण गर्नुको अर्कै मज्जा हुन्छ । अझ साथमा केही खाने चीज होस्, बाटो काटेको पत्तै हुंदैन । आज म मृत्युका बारेमा कल्पना गर्दै थिएं । सिनेमा, पत्रपत्रिका र उपन्यासमा देखेको मृत्यु । तर अलि फरक किसिमले । मृत्यु, म र म वरिपरिको वातावरणका बारेमा ।
प्रायः म मृत्युदेखि नडराउने मान्छे । म ठान्छु, पायो भने म जतिबेला पनि मर्न तयार रहन्छु । अथवा भनौं युद्धरत सिपाहीले शत्रुको प्रतीक्षा गरी बसेझै म मृत्युको प्रतीक्षा गरिरहेको छु । त्यसमा कुनै भाव छैन, अत्यास छैन, त्रास र छटपटी छैन । मृत्यु आयो, ल हिंड् भन्यो म तयार । ऊसंगै जानका लागि, त्यस्तै लाग्छ ।

मलाई लाग्छ, म मेरो जति नै प्रिय मानिस मरे पनि रुंदिन । म ठान्छु, यो सत्य हो । सबै मर्नुपर्छ भने किन रुने - कोही मर्दा उसका आफन्त रोएको र मर्दै गरेको मान्छे डराएको देख्दा लाग्छ, यो सबै वाहियात कुरो हो ।

आज म मेरो आफ्नै मृत्युका बारेमा कल्पना गर्दै थिएं । अहिले नै म मरें भने के हुन्छ - घर खबर पुग्छ । अरुलाई थाहा नदिईकन दाइ वा अरु नै कोही मेरो शव लिन आउनुहुन्छ । सबैभन्दा पहिलो काम नै त्यही हुन्छ । हतार हतारमा मेरो शवमाथि आगो लगाइन्छ । क्षणभरमै म खरानी हुन्छु । बिस्तारै-बिस्तारै म अर्थात् मेरो खरानी पानीमा बगाइन्छ । मलामीहरुले सहानुभूति दिन्छन् । म जति नै नराम्रो भए पनि त्यो दिन मेरो राम्रो पक्षका बारेमा मात्र चर्चा हुन्छ । बिचरा, ऊ यस्तो थियो वा यस्तो गर्ने भन्दै थियो, यस्तै-यस्तै । उफ् कस्तो पीडादायी क्षण अरुहरुका लागि ।

जे होस्, बिस्तारै घरमा आमाबुबालाई थाहा हुन्छ । मलाई थाहा छ, आमा एकदमै रुनुहुनेछ । कुन आमालाई पो आफ्नो जवान छोरो मर्दा दुःख नलाग्ला ? उफ् आमाको रुवाइ । एकदमै रुनुहुनेछ । एक दिन, दुइ दिन अथवा अरु केही दिन । खाना खानुहुनेछैन । केहीमा पनि रुचि हुनेछैन । मेरो मृत्युको बारेमा सोच्दा सबैभन्दा पहिला कसैका बारेमा सोच्छु भने उहां आमा नै हो ।
बुबा, वृद्ध बुबा । मलाई लाग्छ, बुबाले त्यति धेरै पीर त गर्नुहुनेछैन । म मान्छु बुबामा अलिकति सम्हालिन सक्ने क्षमता छ अथवा उहां मेरो मृत्यु सहने कोसिस गर्नुहुनेछ ।
घर केही दिन अस्तव्यस्त हुनेछ । आमासंगै बहिनी, दिदीहरु, फुपू रुनुहुनेछ । यो मेरो कल्पना मात्र हो । भाउजू पनि रुनुहुनेछ । दाइका बच्चाहरु र भान्जा-भान्जीलाई त त्यति थाहा हुनेछैन । भए पनि ती बिस्तारै फकिइहाल्छन् । भाइ र दाइ…, भाइका बारेमा त ऊ के गर्छ - भन्नै सक्दिन । सायद दुःख मान्ला । तर दाइ, उहांले एकदमै गार्हो मान्नुहुनेछ । सायद रुनु पनि हुन्छ कि - एउटा जवान भाइको मृत्यु, उहांलाई योभन्दा गाहो के हुन सक्छ ?
गाउंमा एक-दुइ दिन चर्चा हुनेछ । शत्रु त भएजस्तो लाग्दैन तैपनि जानिजानी कसले पो शत्रु कमाएको हुन्छ र - साथीभाइ - ती पनि एक-दुइ दिन चर्चा गर्ने मात्र हुन् । यो त सामान्य भइहाल्यो ।
काठमाडौंमा दुइ-चार दिन मेरो अफिससंग सम्बन्धित बोस र स्टाफहरुमा चर्चा चल्न सक्छ । बिचरा यो उमेरमा है, लौ न नि यस्तै-यस्तै । अफिसमा चर्चा मात्र चल्ने न हो । त्यहां भन्दा बढी केही होलाजस्तो त लाग्दैन ।

बिस्तारै १३ दिन बित्नेछ । यो १३ दिनमा घरको अवस्था, दैनिक कामकाज डांवाडोल हुनेछ । आफन्तहरुटाउकोमा हात राखेर घोत्लिनेछन्, काजकिरिया को बस्ला ?
१३ दिनका दिन मलामी खुवाउने काम हुनेछ । काजकिरिया सिद्धिनेछ र आमा, दिदीहरु र अरु कोही पनि बिस्तारै सामान्य अवस्थामा आउनेछन् । १४ दिन, एक महिना अनि बिस्तारै सबैले मलाई बिर्सनेछन् । ऊ थियो र, ख्यालै हुनेछैन । मेरो मन पर्ने चीजवस्तु नजिक हुंदा मलाई सम्झेर आमा फेरि रुनुहुनेछ । मलाई थाहा छ, उहां एकदमै रुनुहुनेछ ।

जे होस्, म बिस्तारै सबैको स्मृतिबाट हट्नेछु । कसैको फोटोसंगै म पनि छु भने म मरेको थाहा पाएको भए ऊ भन्नेछ, बिचरा, यो पनि अकालमै मर्यो है । जसले जति माया गर्छुनै भने पनि उसले १३ दिनसम्म मात्र न हो सम्झने । मैले पनि त्यही हो, अरुले पनि त्यही हो ।

पांच वर्षघिको आफ्नै जन्मदिनका दिन लेखेको डायरीको पाना पढेर हांसो लाग्छ । अहं, अर्थहीन-पीडायुक्त हांसो । मैले कति सजिलै आफ्नो मृत्युका बारेमा सोच्न र लेख्न सकेको हुंला - जोडले हांस्न मन लाग्छ, चिच्च्याएर रुन मन लाग्छ ।

म अस्पतालको बेडमा छु । विगत कोट्याउन डायरीका पाना पल्टाउंदै । हतास मनस्थितिमा, एकदमै हतास । छेउमा श्रीमती छिन् । न्यास्रो अनुहार म देख्नै सक्दिन । उनी मेरी प्रेयसी, मलाई एकदमै माया गर्ने मान्छे ।
दाइ आउनुहुन्छ । साथमा डाक्टर पनि छ । ऊ दाइलाई ढाडस दिंदै छ । दाइको फुंग उडेको अनुहार । बिरामीको छेउमा को पो खुसी भइरहेको हुन्छ र ? तैपनि त्यो त्यस्तो चेहरा थिएन । केही गुमाउंदाको पीडायुक्त चेहराजस्तो ।

म त बिरामी भइहालें । श्रीमतीले सोध्छिन्, उहांलाई कहिले निको हुन्छ ? उहांलाई खास भएको के ?
कलेजोमा समस्या छ, दुइ-चार दिन अझै अस्पतालमा बस्नुपर्छ, डाक्टरले जवाफ दिएर गयो । दाइ केही बोल्नुभएको छैन । मलाई लाग्छ, उहांहरु केही लुकाइरहनुभएको छ, रोगका बारेमा र मेरो अवस्थाका बारेमा म र मेरी श्रीमतीसंग ।

आज अझ पीडा थपिएको छ । हिजो त केही समय बेहोस पनि भएछु, कमजोरीले पो हो कि ? श्रीमती ज्यादै आत्तिएकी छन् । दाइ, उहांको चेहरा त उडेकै छ पहिलेदेखि नै । आज बिहान अस्पतालमा एकजना कलेजोको बिरामी मरेको खबर सुनाइन् श्रीमतीले । उनी पनि म मर्छुकि भनेर डराएकी छन् ।
मलाई व्यथाले एकदमै च्यापेको छ । दाइले गाउंमा खबर पठाउनुभएको रहेछ सायद । घरबाट मलाई हेर्न आउनुभएको छ । उहांहरु आत्तिनुभएको छ । आफन्त र साथीहरुको भीड पनि बढ्दो छ ।
मलाई आज एकदमै डर लागेको छ । म मर्दै छुजस्तो लाग्छ सबैको चेहरा देखेर । मलाई सबैले बिनासित्ति ढाडस दिएजस्तो लाग्छ । कसैले पनि मलाई मेरो सही स्थितिका बारेमा बताउंदैनन् । सायद आत्तिन्छ भनेर पो हो कि ?

तर मेरो मनस्थिति एकदमै बिग्रिसकेको छ । म यस संसारलाई छाडेर जांदैछु । कहा? - थाहा छैन । डायरीको पानामा जे लेखे पनि आज म मृत्युको कल्पना पनि गर्न सक्दिन। अझ केही वर्षबांच्ने मन छ । म, मेरी प्रेयसी, घरपरिवार, साथीभाइ र यस राम्रो संसारबाट टाढा जांदैछु । सबैसंग छुथतिदैछु । प्रेयसी, बिचरी मेरो मृत्युपछि के गर्लिन् ? कल्पनै गर्न सक्दिन । उनको पेटमा हुर्किरहेको बच्चा, मेरो बच्चा । म यहां आफ्नो संसार छोडेर जांदै छु । इज्जत, मान-सम्मान, व्यवसाय, पैसा, आफन्त र मेरो आफ्नै प्यारो संसार । उफ् कति पीडादायी क्षण ।

डाक्टर आउंछ फेरि जांच्न । यो सबै नियमित सिलसिला हो । म डाक्टरसंग याचना गर्छु, प्लिज डाक्टर, मलाई बचाऊ, मलाई मर्न मन छैन । एकदमै कारुणिक आवाजमा आफ्नो जीवनको भिख माग्छु । सधैं नआत्तिनुहोस्, चांडै ठीक हुन्छ भन्ने डाक्टर आज केही बोल्दैन । या त आस मारिसकेको हुनुपर्छ अथवा मेरो आवाज एकदमै दबेको छ । उसले बुझ्दैन अथवा सुन्दैन । मैले मात्रै बोलेको छु, मनबाट अथवा मुखबाट कसैले नसुन्ने गरी । बिचरा डाक्टर, ऊ के जीवन दिन सक्थ्यो ।

डाक्टर जान्छ । ऊसंगै दाइ पनि जानुभएको छ । मलाई थाहा छ, म मर्दैछु । केही समयपछि आफ्नो संसारलाई छोडेर सबैलाई रुवाउंदै । मलाई कसैले बचाउन सक्दैन । कसैले बचाउन सक्छ - म याचना गरिरहेको छु ।