narayan thapa

Narayan Thapa:: Redhat Certified Engineer(RHCE), Redhat Certified Technician(RHCT),PHP Programmer and IT consultant from Nepal

Not always, I used to write something when I became lazy. Sometimes story, sometimes poem and sometimes other things. Previously I was working on media (newspapers). So, I love to write (to be lazy :) ). Here I have copied/pasted a story that I have written and published on Nepal Magzine dated chaitra 24, 2060. Story can be found on “sahitya” link through following URL:

http://www.kantipuronline.com/Nepal/Archive/86th%20issue/index.html


Sketchअफिसबाट र्फकंदा प्रायः म पैदल नै र्फकने गर्छु । सांझको शीतल हावासंगै कसैका बारेमा सोच्नु अथवा वस्तुस्थितिका बारेमा विश्लेषण गर्नुको अर्कै मज्जा हुन्छ । अझ साथमा केही खाने चीज होस्, बाटो काटेको पत्तै हुंदैन । आज म मृत्युका बारेमा कल्पना गर्दै थिएं । सिनेमा, पत्रपत्रिका र उपन्यासमा देखेको मृत्यु । तर अलि फरक किसिमले । मृत्यु, म र म वरिपरिको वातावरणका बारेमा ।
प्रायः म मृत्युदेखि नडराउने मान्छे । म ठान्छु, पायो भने म जतिबेला पनि मर्न तयार रहन्छु । अथवा भनौं युद्धरत सिपाहीले शत्रुको प्रतीक्षा गरी बसेझै म मृत्युको प्रतीक्षा गरिरहेको छु । त्यसमा कुनै भाव छैन, अत्यास छैन, त्रास र छटपटी छैन । मृत्यु आयो, ल हिंड् भन्यो म तयार । ऊसंगै जानका लागि, त्यस्तै लाग्छ ।

मलाई लाग्छ, म मेरो जति नै प्रिय मानिस मरे पनि रुंदिन । म ठान्छु, यो सत्य हो । सबै मर्नुपर्छ भने किन रुने - कोही मर्दा उसका आफन्त रोएको र मर्दै गरेको मान्छे डराएको देख्दा लाग्छ, यो सबै वाहियात कुरो हो ।

आज म मेरो आफ्नै मृत्युका बारेमा कल्पना गर्दै थिएं । अहिले नै म मरें भने के हुन्छ - घर खबर पुग्छ । अरुलाई थाहा नदिईकन दाइ वा अरु नै कोही मेरो शव लिन आउनुहुन्छ । सबैभन्दा पहिलो काम नै त्यही हुन्छ । हतार हतारमा मेरो शवमाथि आगो लगाइन्छ । क्षणभरमै म खरानी हुन्छु । बिस्तारै-बिस्तारै म अर्थात् मेरो खरानी पानीमा बगाइन्छ । मलामीहरुले सहानुभूति दिन्छन् । म जति नै नराम्रो भए पनि त्यो दिन मेरो राम्रो पक्षका बारेमा मात्र चर्चा हुन्छ । बिचरा, ऊ यस्तो थियो वा यस्तो गर्ने भन्दै थियो, यस्तै-यस्तै । उफ् कस्तो पीडादायी क्षण अरुहरुका लागि ।

जे होस्, बिस्तारै घरमा आमाबुबालाई थाहा हुन्छ । मलाई थाहा छ, आमा एकदमै रुनुहुनेछ । कुन आमालाई पो आफ्नो जवान छोरो मर्दा दुःख नलाग्ला ? उफ् आमाको रुवाइ । एकदमै रुनुहुनेछ । एक दिन, दुइ दिन अथवा अरु केही दिन । खाना खानुहुनेछैन । केहीमा पनि रुचि हुनेछैन । मेरो मृत्युको बारेमा सोच्दा सबैभन्दा पहिला कसैका बारेमा सोच्छु भने उहां आमा नै हो ।
बुबा, वृद्ध बुबा । मलाई लाग्छ, बुबाले त्यति धेरै पीर त गर्नुहुनेछैन । म मान्छु बुबामा अलिकति सम्हालिन सक्ने क्षमता छ अथवा उहां मेरो मृत्यु सहने कोसिस गर्नुहुनेछ ।
घर केही दिन अस्तव्यस्त हुनेछ । आमासंगै बहिनी, दिदीहरु, फुपू रुनुहुनेछ । यो मेरो कल्पना मात्र हो । भाउजू पनि रुनुहुनेछ । दाइका बच्चाहरु र भान्जा-भान्जीलाई त त्यति थाहा हुनेछैन । भए पनि ती बिस्तारै फकिइहाल्छन् । भाइ र दाइ…, भाइका बारेमा त ऊ के गर्छ - भन्नै सक्दिन । सायद दुःख मान्ला । तर दाइ, उहांले एकदमै गार्हो मान्नुहुनेछ । सायद रुनु पनि हुन्छ कि - एउटा जवान भाइको मृत्यु, उहांलाई योभन्दा गाहो के हुन सक्छ ?
गाउंमा एक-दुइ दिन चर्चा हुनेछ । शत्रु त भएजस्तो लाग्दैन तैपनि जानिजानी कसले पो शत्रु कमाएको हुन्छ र - साथीभाइ - ती पनि एक-दुइ दिन चर्चा गर्ने मात्र हुन् । यो त सामान्य भइहाल्यो ।
काठमाडौंमा दुइ-चार दिन मेरो अफिससंग सम्बन्धित बोस र स्टाफहरुमा चर्चा चल्न सक्छ । बिचरा यो उमेरमा है, लौ न नि यस्तै-यस्तै । अफिसमा चर्चा मात्र चल्ने न हो । त्यहां भन्दा बढी केही होलाजस्तो त लाग्दैन ।

बिस्तारै १३ दिन बित्नेछ । यो १३ दिनमा घरको अवस्था, दैनिक कामकाज डांवाडोल हुनेछ । आफन्तहरुटाउकोमा हात राखेर घोत्लिनेछन्, काजकिरिया को बस्ला ?
१३ दिनका दिन मलामी खुवाउने काम हुनेछ । काजकिरिया सिद्धिनेछ र आमा, दिदीहरु र अरु कोही पनि बिस्तारै सामान्य अवस्थामा आउनेछन् । १४ दिन, एक महिना अनि बिस्तारै सबैले मलाई बिर्सनेछन् । ऊ थियो र, ख्यालै हुनेछैन । मेरो मन पर्ने चीजवस्तु नजिक हुंदा मलाई सम्झेर आमा फेरि रुनुहुनेछ । मलाई थाहा छ, उहां एकदमै रुनुहुनेछ ।

जे होस्, म बिस्तारै सबैको स्मृतिबाट हट्नेछु । कसैको फोटोसंगै म पनि छु भने म मरेको थाहा पाएको भए ऊ भन्नेछ, बिचरा, यो पनि अकालमै मर्यो है । जसले जति माया गर्छुनै भने पनि उसले १३ दिनसम्म मात्र न हो सम्झने । मैले पनि त्यही हो, अरुले पनि त्यही हो ।

पांच वर्षघिको आफ्नै जन्मदिनका दिन लेखेको डायरीको पाना पढेर हांसो लाग्छ । अहं, अर्थहीन-पीडायुक्त हांसो । मैले कति सजिलै आफ्नो मृत्युका बारेमा सोच्न र लेख्न सकेको हुंला - जोडले हांस्न मन लाग्छ, चिच्च्याएर रुन मन लाग्छ ।

म अस्पतालको बेडमा छु । विगत कोट्याउन डायरीका पाना पल्टाउंदै । हतास मनस्थितिमा, एकदमै हतास । छेउमा श्रीमती छिन् । न्यास्रो अनुहार म देख्नै सक्दिन । उनी मेरी प्रेयसी, मलाई एकदमै माया गर्ने मान्छे ।
दाइ आउनुहुन्छ । साथमा डाक्टर पनि छ । ऊ दाइलाई ढाडस दिंदै छ । दाइको फुंग उडेको अनुहार । बिरामीको छेउमा को पो खुसी भइरहेको हुन्छ र ? तैपनि त्यो त्यस्तो चेहरा थिएन । केही गुमाउंदाको पीडायुक्त चेहराजस्तो ।

म त बिरामी भइहालें । श्रीमतीले सोध्छिन्, उहांलाई कहिले निको हुन्छ ? उहांलाई खास भएको के ?
कलेजोमा समस्या छ, दुइ-चार दिन अझै अस्पतालमा बस्नुपर्छ, डाक्टरले जवाफ दिएर गयो । दाइ केही बोल्नुभएको छैन । मलाई लाग्छ, उहांहरु केही लुकाइरहनुभएको छ, रोगका बारेमा र मेरो अवस्थाका बारेमा म र मेरी श्रीमतीसंग ।

आज अझ पीडा थपिएको छ । हिजो त केही समय बेहोस पनि भएछु, कमजोरीले पो हो कि ? श्रीमती ज्यादै आत्तिएकी छन् । दाइ, उहांको चेहरा त उडेकै छ पहिलेदेखि नै । आज बिहान अस्पतालमा एकजना कलेजोको बिरामी मरेको खबर सुनाइन् श्रीमतीले । उनी पनि म मर्छुकि भनेर डराएकी छन् ।
मलाई व्यथाले एकदमै च्यापेको छ । दाइले गाउंमा खबर पठाउनुभएको रहेछ सायद । घरबाट मलाई हेर्न आउनुभएको छ । उहांहरु आत्तिनुभएको छ । आफन्त र साथीहरुको भीड पनि बढ्दो छ ।
मलाई आज एकदमै डर लागेको छ । म मर्दै छुजस्तो लाग्छ सबैको चेहरा देखेर । मलाई सबैले बिनासित्ति ढाडस दिएजस्तो लाग्छ । कसैले पनि मलाई मेरो सही स्थितिका बारेमा बताउंदैनन् । सायद आत्तिन्छ भनेर पो हो कि ?

तर मेरो मनस्थिति एकदमै बिग्रिसकेको छ । म यस संसारलाई छाडेर जांदैछु । कहा? - थाहा छैन । डायरीको पानामा जे लेखे पनि आज म मृत्युको कल्पना पनि गर्न सक्दिन। अझ केही वर्षबांच्ने मन छ । म, मेरी प्रेयसी, घरपरिवार, साथीभाइ र यस राम्रो संसारबाट टाढा जांदैछु । सबैसंग छुथतिदैछु । प्रेयसी, बिचरी मेरो मृत्युपछि के गर्लिन् ? कल्पनै गर्न सक्दिन । उनको पेटमा हुर्किरहेको बच्चा, मेरो बच्चा । म यहां आफ्नो संसार छोडेर जांदै छु । इज्जत, मान-सम्मान, व्यवसाय, पैसा, आफन्त र मेरो आफ्नै प्यारो संसार । उफ् कति पीडादायी क्षण ।

डाक्टर आउंछ फेरि जांच्न । यो सबै नियमित सिलसिला हो । म डाक्टरसंग याचना गर्छु, प्लिज डाक्टर, मलाई बचाऊ, मलाई मर्न मन छैन । एकदमै कारुणिक आवाजमा आफ्नो जीवनको भिख माग्छु । सधैं नआत्तिनुहोस्, चांडै ठीक हुन्छ भन्ने डाक्टर आज केही बोल्दैन । या त आस मारिसकेको हुनुपर्छ अथवा मेरो आवाज एकदमै दबेको छ । उसले बुझ्दैन अथवा सुन्दैन । मैले मात्रै बोलेको छु, मनबाट अथवा मुखबाट कसैले नसुन्ने गरी । बिचरा डाक्टर, ऊ के जीवन दिन सक्थ्यो ।

डाक्टर जान्छ । ऊसंगै दाइ पनि जानुभएको छ । मलाई थाहा छ, म मर्दैछु । केही समयपछि आफ्नो संसारलाई छोडेर सबैलाई रुवाउंदै । मलाई कसैले बचाउन सक्दैन । कसैले बचाउन सक्छ - म याचना गरिरहेको छु ।