तिम्रो सम्पादकले शोभालाई निकाल्यो रे हो ?
हैन होला,निकालेको भए त मलाई थाहा हुनुपर्ने ।
किन तिमीलाई थाहा हुनुपर्ने -तिमी उसको को हौ र ?
ल,कस्तो कुरा गर्र्छौ - उ र म संगै एउटै विभागमा काम गर्छौं, उसका सवै कुराहरु मलाई प्रायः थाहा हुन्छ । उसलाई निकालेको भए त उसले मलाई भन्नुपर्ने ।
छोड् देउ ल, तिमीलाई केहि थाहा रहेनछ । भोली अफिस गएपछि थाहा पाउंछौ ।
तिमीले कसरी थाहा पायौ ?
तिम्रो हाकिम हाम्रो अफिसमा आएको थियो,उ भन्दै थियो ।
राजन मेरो साथी र गाउँले पनि । अलग अलग अफिसमा काम गर्ने भएपनि उसको अफिसको वारेमा मलाई र मेरो अफिसको वारेमा उसलाई थाहा हुने गर्छ । उसको कुरा पछि मलाई खल्लो महसुस भयो । शायद हो कि ! अँ उ र्फकने वेलामा म वाहिर गएको थिएँ । अनि उसले कसरी भन्थी ।
जाँदै गर्दा मनमा लागेको कुरा उ संग भनिहालें, वुझयौ उसलाई निकालेको भए त सांझ र्फकदा उ रुदै फर्किहोली ।
तिमी कसरी त्यस्तो भन्न सक्छौ ?
उसको वारेमा मलाई धेरै थाहा छ । संपादकले एकपटक हप्काउदा उ रोएको मैले देखेको छु । साहृै कमलो मन छ उसको ।
उसको वारेमा तिमीलाई किन यति धरै चिन्ता ? रोओस् कि के गरोस् । कि केहि चक्कर छ ?
ल,तिमी पनि कस्तो कुरा गर्र्छौ ! उ मेरो साथी हो र सवैभन्दा मिल्ने सहकर्मी पनि । अफिसमा उसले जति सहयोग अरु कसैले सायदै गर्ला ।
ल ल वधाई छ । कहिले देखि केटीहरु तिम्रा मिल्ने साथीहरु हुन थाले ? तिमीले जति ढांटे पनि त्रि्रो अनुहारले सवै वताइरहेको छ । जवर्जस्ती किन हास्ने प्रयास गर्छौ ? वरु सिधै भनन, म भोली अफिसमा भनिदिउंला ।
त्यस्तो केहि हैन ,वरु उसलाई किन निकालेको रहेछ, केहि थाहा छ ?
खै !अस्तिको त्यो ‘मर्डर केस’ को समाचार थिएन, हो त्यसमा उसको कारणले मैले धेरै दवाव खेप्नुपर्यो भन्दैथियो । सायद त्यसैको खटपट पो हो कि ?
अर्को दिन अफिस संझने वित्तिकै मलाई जान हतार भयो । त्यो दिन अरुदिन भन्दा सायद १०/१५ मिनेट पहिले नै अफिस पुगें कि । काम गर्न मन लागेकै थिएन । म थाहा पाउन चाहन्थें, आखिर भएको के हो ? सिधै सोध्नु पनि भएन । अफिस समय भन्दा एक घण्टा पछिसम्म संगैको क्याविन खाली भैरहेको देख्न सकिन । मलाई हिजोको कुरा पक्कै हो भन्ने भयो।
कुनै कामको निहुं पारी म आफ्नो विभाग प्रमुखकोमा पुंगे । कुराको सिलसिलामा उसले नै शोभाको कुरा निकाल्यो ।
२/४ दिन तपाईलाई कामको वोझ हुन्छ है।
किन र सर ?
शोभा अव आउंदिन ।
किन - छुट्टमा हो ?
हैन। उसलाई निकालिदिएको । यस्तो पाराले पनि काम चल्छ ।
ए !
तर केहि छैन । नयाँ मान्छे राखेर तालिम दिंदा केहि दिन त लागिहाल्छ । सवै तपाईले सम्हाल्नु पर्छ ।
हुन्छ नि सर ।
अव मलाई पक्का विश्वास भयो र खल्लो महशुस पनि । कहिं केहि नपुगे जस्तो । उसको महत्व र उसको असर ममा विस्तारै थाहा हुंदै थियो । आखिर उ अति नै मिल्ने साथी पनि त थिई । मैले नभनेपनि उसले मेरा सबै कुराहरु सोध्थी र म आफ्ना पनि सबै कुराहरु सुनाउथें फुर्सद हुने वितिक्कै अनि अफिस बाट संगै र्फकदा धेरै कुराहरु हुन्थे । हो कति कुराहरु उ भन्थी, रमाईलो गर्थी र मलाई जिस्काउंथि पनि अफीसबाट घर र्फकदा दिन भरको बोझको कुनै सँझना हुने थिएन । हामी हिडदै आउथ्यौ र त्यो समयमा म प्रायः कहिल्यै गम्भीर भईन उसलाई जिस्काउथें मात्र, कति कुराहरुमा उ पनि लाडे भएर जिस्कन्थी अनि कहिलेकांही रिसाए जस्तो गर्थी मैले माफी नमाग्दा सम्म । क्याबिनमा आएर त्यो दिन जानु पर्ने कार्यक्रमको सुची हेर्दै थिएँ ।
“के छ सर आरामै हुनु हुन्छ-” उसको स्वर सुनिहालें ।
“ठीकै छ अनि तपाईको -”।
“थाहा पाई सक्नु भयो होला, म अब आउंदिन ।”
“सरले के भनि निकालेको -”
“त्यस्तो केहि भन्नु भएन। त्यहि हो, अहिले अफीसको हालत राम्रो छैन चलाउन गाह्रो भैरहेको छ तिमी भोली देखि काममा नआउ, आबस्यक परे फेरी बोलाउंला भन्नु भयो ।”
“अनि तपाईले -”
“मैले के भन्नु ,ठिकै छ हुन्छ भनेँ ।”
उसको त्यो चम्किलो अनुहारमा केहि पिडा बोध थिएन । एकदम निर्दोष अनुहार कुनै भाव विनाको । एक छिन कुरा गर्नको लागि भनि हामी नजिकैको क्यान्टीनमा गयौं।खाने समय त थिएन तै पनि समय बिताउनकै लागि २ कप कफि मगायौँ ।
“अनि अब के गर्नुहुन्छ त -”
“थाहा छैन । सायद आफनो पर्ढाई पुरा गर्न तिर लाग्छु कि -”
“किन अब जागिर नखाने - अन्त प्रयास गर्दा भै हाल्छ नि -”
“हैन अब १/२ बर्षजागिर नखाने । पहिला पर्ढाई पुरा गर्ने कि भनेर सोच्दैछु ।”
यता उताका कुराहरु भए । ऊ गम्भीर थिई र म पनि । करिब आधा घन्टा पछि म आफ्नो क्याबिनमा छिरे र ऊ पनि घरतिर लागि । जानेवेलामा वेलावेलामा फोन गर्न र इमेल गर्न नविर्सन भनि । उ ढोकावाट वाहिर निस्कदै गर्दा मैले ख्याल गरें, जिन्स पाईन्ट र टिर्सटमा उ एकदमै राम्री देखिएकी थिई । मैले उसलाई पहिलोचोटि पुर्ण रुपमा हेरें,उ सांच्चिकै राम्री देखिएकी थिई,आफ्नो विचार जस्तै।
सांझ र्फकदै गर्दा मैले अझ वढि खल्लो महसुस गरें । एक्लै भएपनि त्यो दिन म हिंडेरै आएं । त्यो दिन कुनै रमाइलो थिएन । म एक्लै थिएँ । मान्छेहरुको भिडमा फगत एक्लै । जेहोस् वाटोभरि मैले उसकै वारेमा सोचिरहें । उ आएदेखि आजसम्मका सवै पलहरु । उ आएपछि मलाई कत्ति सहयोग गरेकी थिई । सधै हांसिरहने उसको चेहरा । उसले मलाई असल श्रोता भन्थि । वाटोभरि उ वोलीरहन्थी । हाँस्दै । मलाई पनि रमाईलो लाग्थ्यो । म त्यति नवोल्ने मान्छे,आफ्नो वारेमा कमै भन्ने मान्छे । प्राय उ आफ्ना सवै कुराहरु भन्थि । किन मसंग यति धेरै कुरा गरेकि ? कहिल्यै सोधिन । तपाई पनि आफ्ना वारेमा केहि भन्नुस् न ।उ कर गर्थी र म पनि भन्थेँ । “तपाई त कस्तो मान्छे,अरुहरु जस्तो हुनुहुन्न।”
उ मेरा वारेमा टिप्पणी गर्थि ।वोलेर मैले तपाईलाई धेरै सताएं हगि । विहान जाने वेलामा पनि भन्दैथिई “अव कहिल्यै सताउंदिन “।
हो एकहप्ता वित्दै थियो उ गएको । विचमा कुनै संपर्क भएको थिएन । उ गएपछि म काममा वढि लागेको थिएं । एक त अलिकति वढि वोझ थपिएको पनि थियो र अर्को कुरा गफमै पनि म उसंग जति अरुसंग खुल्न सक्दिनथें । अफिसवाट म निस्कनै आंटेको थिंए । उसको फोन आयो । मलाई सम्झना छ,मैले फोनमा त्यो दिन जति लामो कुरा कहिल्यै गरेको थिईन साथिहरुसंग । लगभग आधा घण्टा । उसले हप्ताभरिका आ_ना कुराहरु प्राय भनि ।
“तपाइ मान्छे त कस्तो ? फोनै गर्नुहुन्न र इमेल पनि त खै ?”
उ गुनासो गर्दै थिई । मैले उसको नम्वर आफुसंग नभएको वहाना पारें । उसले नम्वर दिई । दिउसोमा आफु घरमै हुने हुंदा कुनैवेला फोन गर्न भनि । अनि एकदमै ख्याल गर्नेजस्तो गरेर केहि सुझावहरु दिई । आफ्नो ख्याल गर्न भनि ।
त्यो गएका पछिका दिनहरु फुर्सदमा उसलाई सम्झदै गर्दा गएका थिए । आज फोन गरी, मलाई रमाइलो लाग्यो । मलाई थाहा छ उसले मलाई एकदमै पिडा दिएकी थिई । एउटै मान्छेलाई लगातार सम्झना गरि रहनु एकदमै पिडादायी कुरा थियो । तर त्यो पिडामा केहि रमाइलो, केहि खुसी पनि थियो र आफ्नै किसीमको आफ्नोपन पनि । पिडा नै सहि सम्झीरहुँ जस्तो र अर्को कुरा के पनि थियो भने म शुन्यमा छु जस्तो लाग्थ्यो । बाहिरी संसार सँग बेपरवाह भएर चल्दा केहि व्यवहारहरु अनौठा पनि भएकी साथीभाई, सहकर्मीसँग त्यो अवस्थामा ।
दिनहरु विस्तारै वित्दै थिए । हामी हप्ता हप्तामा इमेल लेख्थ्यौं । च्याट पनि हुन्थ्यो तर इमेलमा अर्कै अपनत्व हुन्छ । पढ्दा र लेख्दा पनि १०/१२ दिनमा फोनमा गफ पनि हुने गथ्र्यो । कहिले ऊ गर्थि अनि कहिले म । प्राय पालै पालो हुन्थ्यो । यो सब त ठिक थियो । तर मैले उसले बोलेका शब्दहरु र इमेलबाट अझ बढि पिडा खपिरहेको महसुस गरिरहेको थिएँ । उसको बारेमा अझ बढि सोच्न थालेको थिएँ । हामी फोनमै पनि जिस्कन्थ्यौं । अनि एकले अर्कालाई आफ्नो ख्याल गर्न भन्थ्यौं । इमेलमा स्वास्थ्य, ‘क्यारियर’, पर्ढाई अनि नोकरीका बारेमा कुराहरु हुन्थे । हामीले एकले अर्कालाई बुझ्न र विश्वास गर्न सक्छौं भन्ने भैसकेको थियो । बस मेरो पिडाको कारणहरु नै पनि यहि वन्थ्यो । हामी नभेटेको धेरै भैसकेको थियो । अफिस मै पनि उसको बारेमा कुरा हुँदा अलि चासो हुन्थ्यो ।
आखिर म यी सबै बोझ एकलै बोकिरहन सकिन । एकदिन अति मिल्ने साथीलाई भनेको उसले मलाई प्रेम भएको बतायो । म यो सब मान्न तयार नै थिइन । म प्रेम हुनबाट टाढै भाग्ने मान्छे केटीहरुसँग जति बढि मित्रता हुँदै गयो त्यति बढि कुराहरु हुन्छन् । एकले अर्काको बारेमा त्यति नै थाहा हुँदै जान्छ अनि प्रेम हुन्छ भनि सोचाई राख्ने मान्छे म । त्यसैले म केटीहरुसँग गहिरो मित्रता गास्दिन थिएँ र प्रेम हुनबाट बच्न यो सबबाट बच्नु पर्छ भन्ने लाग्छ र म त्यस्तै व्यवहार गर्दै पनि थिएँ तर आज मेरो आफ्नै सोचाई लागू भएको थियो ममा । नजानिदो तरीकाले म ऊसँग फसिसकेको थिएँ । उम्कनै नसक्ने गरि । आखिर यो प्रेम हो त - सायद हो कि ∕ विस्तारै म यो प्रेम नै हो भनेर विश्वास गर्न थालेको थिएँ । उसको सम्झना गर्दा अहिले ऊ के गर्दै होली अथवा उसले मेरो बारेमा के सोच्दै होली भनेर सोच्न थालेको थिएँ । मलाई जस्तै उसलाई पनि महसुस भएको छ कि - उसले मेरो बारेमा भन्ने गरेका सकारात्मक कुराहरु सोचेर रमाउने गर्थेँ । फोन अथवा इमेलमा ऊ अति नै खुल्ने गर्थि । अझ भनु ,एउटा शक्ति उसले मलाई गलाएकी थिई, उसले सोध्नु मात्र पथ्र्यौ, म ढाट्नै सक्दिन थिएँ । हो उ पनि त मलाई ढाट्दिन थिइ ।
सोच्दै जाँदा सोचाईको पराकाष्ठामा पुगेपछि मलाई पेटमा दर्द हुन थाल्थ्यो । शरिर सिरिङ्ग हुन्थ्यो । म यो सब कुरा ऊ सँग गर्नै सक्दिनथें । मलाई थाहा थियो । ऊ प्रेममा विश्वास गर्दिन थिई । उसले एकचोटि भनेकी थिई “सर बुझ्नु भो मलाई प्रेममा विश्वास नै छैन”
“किन र ?”
“मैले आफ्ना धेरै साथीहरुको प्रेम देखेकी छु तर कमै मात्र सफल भएका छन् ।”
हाम्रै अफिसको अर्कै विभागमा काम गर्ने केटा र केटीको विचमा प्रेम भएको कुरा अफिसमा गाँइगूँइ चलेको थियो । तिनका बारेमा पनि हामीले चर्चा गरेका थियौं ।
“सरलाई के लाग्छ ? के यिनीहरुले साँच्चै प्रेम गर्छन त एकले अर्कालाई ?”
“किन र गर्छन होला ” ।
“त्यस्तो केहि हैन सर । यो सब ‘फेन्टा लभ’ हो ।”
यो ‘फेन्टा लभ’ भनेको के नि ?”
” ‘फेन्टा लभ’ भनेको आकर्षाण मात्रै हो । यीनीहरुले ‘टाइम पास’ मात्र गरेका हुन् । सरले दुइ चार महिना पछि थाहा पाई हाल्नु हुन्छ नि “।
आखिर नभन्दै चार पाँच महिना पछि उनीहरुको प्रेम सम्बन्ध टुट्यो । आफूले भनेको पुगेकोमा ऊ मुस्कुर्राई ।
यी सब कुराहरुले गर्दा मेरा यी अनुभवहरु, उसको बारेका भावनाहरु ऊसँग भन्न सक्दिन थिएँ । प्रेम प्रस्ताव राख्नु मेरा लागि झनै असंभव कुरो थियो ।
भ्यालेन्टाइन डे का दिन फोन गरेर उसले भनेका कुराहरु चाहे जिस्केर नै किन नहोस् अथवा फोनमा गफ हुँदै जाँदा उसले भनेका कुराहरु म कसरी विर्सन सक्थें । पिडा त सहनु नै थियो ।
उसको र मेरो सम्वन्धको बारेमा एकदिन म विश्लेषण गर्दै थिएँ । विस्तारै म केलाउदै गएँ । अनि एउटा निष्कर्षमा पुगे । हो मलाई प्रेम भएको छ । एउटा निको नहुने रोग पिडा सँगै आनन्द दिने रोग । अझ अर्को निष्कर्षके पनि निकाले भने मैले उसको बारेमा जे सोच्छु, त्यो उसले सोच्दीन । म उसको बारेमा सोचेर जति तनावमा हुन्छु त्यो उसलाई मतलब छैन । लापरवाह मेरो बारेमा । ऊ त्यति सोच्ने गर्दिन । इमेल पढदा अथवा फोन गर्दा मात्र उ मलाई सम्झने गर्छे। हाम्रा बिचमा जति कुराहरु आदान प्रदान हुन्छन, ति सब मित्रताको नाममा हुने गर्छन । उ मलाई एक अति मिल्ने साथि (?) ठान्छे मात्र । प्रेमको बारेमा उ सोच्दै सोच्दिन किनभने ऊ आफै प्रेममा विश्वास गर्दिन र म प्रेमबाट टाढै भागिरहेको मान्छे भन्ने पनि थाहा छ उसलाई ।
एउटा निष्कर्षत निस्कियो । तैपनि मनको कुनै कुनामा केहि आशा बाँकी थियो । सायद ऊ पनि यस्तै सोच्ने गर्छे कि ? नहुन पनि सक्छ तर आशा न हो एउटा त्यान्द्रो कसैगरि बाँच्नको लागि आफ्नै तरिकाले । कसरी थाहा पाउनु उसले के सोच्छे भनेर । कुनै माध्यमबाट सिधै प्रस्ताव गरुँ, उसले नकारी भने त्यो बेलाको पिडा सहनै गाह्रो हुन्छ । प्रस्ताव नै नगरुँ । एउटा आशा त हुन्थ्यो । पिडा सँगै केहि समय रमाउनका निम्ति ।
उसको बारेमा सोच्नु, फेरि उहि निष्कर्षमा पुग्नु अनि अन्त्यमा फेरी आशा पलाउनु मै धेरै समय वितेको थियो । फोन, इमेल र च्याटको सिलसिला नियमित नै थियो । भेटघाट भएको थिएन । आखिर कसरी हुन्थ्यो - आफूले छोडेको अफिसमा ऊ कुनै किसीमले आउनै नचाहने अनि मैले कहाँ गएर भेट्नु । उसलाई कहिँ त बोलाउनै सक्दिनथें । ‘डेटिङ्ग’ भैहाल्थ्यो प्रेमी र प्रमीकाको जस्तो । मेरा बारेमा यत्तिका समय पछि पनि ऊ के सोच्छे ? थाहै थिएन ।
अब विस्तारै उसको बारेमा सोच्ने समय कम हुँदै गएको थियो । म काममा बढि व्यस्त हुँदै गएको थिएँ । यो एउटा बाध्यता पनि थियो । करीब एक वर्षसम्म एउटै ठाउँमा बसेर भेटघाट नै नगर्नु, एउटा रमाइलो कुरा थियो । तैपनि उसको बारेमा मलाई र मेरा बारेमा उसलाई सबै थाहा थियो ।
बिदाको दिन थियो । म बजारमा किनमेल गरेर र्फकदै थिएँ । त्यहि त हो एक्लोपना सँगै उसको सम्झना सम्झिदा पिडा हुन्थ्यो । हिडैदा गर्दा मैले निर्णय गर्दै थिएँ । अब ऊसँगको मित्रता विस्तारै कम गर्दै लाने ऊसले थाहा नपाउने गरि । फोन, च्याट, इमेल विस्तारै कम गर्दै लगेर उसको सर्म्पर्कबाट टाढा हुने । त्यसका लगि केहि समय लाग्थ्यो र त्यो समयमा भएका गफहरुमा प्रायः आफ्नो बारेमा कमै भन्ने उहि पहिले जस्तै । उसको बारेमा पनि कमै सोध्ने । प्रत्येक इमेल र फोनमा एउटै कुरा हुँदा उसले पनि फोन र इमेल विस्तारै कम गर्दै लग्थी ।
मलाई थाहा छ, उसलाई विर्सन गाह्रो त हुन्छ तैपनि प्रयास त गर्नै पर्ने थियो । मेरो आशाको त्यान्द्रो पनि चुडिसकेको थियो । उ मलाई प्रेम गर्थि भने एक वर्षसम्म त्यति कै बस्न सक्ने थिईन । म पो पुरुष उ नारीको कमलो मनले कसरी सहन सक्थ्यो । म भ्रममा थिएँ र मैले उसलाई विर्सनै पर्ने थियो । पिडाबाट छुट्कारा पाउनका निम्ति ।
बाटोमा हिडैदा गर्दा १०/१२ पाइला अगाडि मैले देखे । उ पनि कोहि साथीसँगै अगाडि गइरहेकी थिई । हैन कि ? कसरी हुन्नथ्यो । मैले उसको कपाल, हात, हिडाइलाई विर्सेकै थिइन । पहिला मैले उसको कपाल हेरें । उसको जस्तो कपाल अरु कसैको छैन, म सजिलै छुट्याउन सक्थें । उसको कपाल बाध्ने तरिकाबाट ।अनि हात हेरेँ उही हात त हो । अनि हिर्डाई र छेउबाट देखिएको उसको चम्किलो अनुहार, मैले उसलाई सजिलै चिने । उसको ढिलो हिर्डाईलाई म सजिलै भेटाउन सक्थेँ । बस केहि छिन रोकिएँ र फेरि हिडें । अब म उसलाई भेट्न र कुराकानी गर्न नै चाहन्न थिएँ । उसको चम्किलो अनुहारको सामना म कसरी गर्न सक्थें । कुनै पनि बेला ऊ पछाडी फर्कि भने उसले मलाई देख्ने थिई र उससँग कुराकानी गर्नु पर्ने थियो । कुराकानी गर्न प्रयाप्त थियो मलाई पिडा बढाउनका लागि । म यो सब चाँहदैन थिएँ । म सँग अब ऊसँग नभेटनका लागि तिनवटा विकल्प थिए । एकछिन त्यही रोकिएर धेरै पछि त्यही बाटो जाने, अर्को थियो त्यो बाटो नै नजाने कतै मोडिएर जाने र अन्तिम विकल्प थियो त्यही बाटो जाने तर अर्को छेउबाट ऊ भन्दा एकदम छिटो ऊसलाई नदेखे झैं गरेर ।
म एकछिन रोकिएँ मलाई त्यो बाटो छोडेर भाग्न अथवा त्यहीं रोकिन मन लागेन । अन्तिम विकल्प नै सायद ठिक थियो । मैले बाटो काटेँ र त्यही बाटो अर्को छेऊबाट छिटो छिटो पाईला चालेँ । उ पट्टित र्फकने कुरै थिएन, नदेखे झै गर्नु थियो । अनि आफ्नै परिचित हिर्डाईमा एकदम छिटो छिटो चलें । ऊ भन्दा केहि अगाडि आए पछि फेरि बाटो काटेँ र उ हिडेकै छेउबाट हिड्न थालें । किनभने म घर जाने बाटो त्यहि छेउबाट जान्थ्यो । उसले मलाई देखि की देखिन थाहा छैन तर म उ भन्दा अघि अघि गैरहेको थिएँ, छिटो छिटो सायद केहि अत्तालिदो गरेर ।
आफ्नो घर जाने बाटोछेउमै अडिएर पछाडि हेरें। उ कहिं थिईन । टाढाटाढा सम्म । म उसलाई प्रेम गर्ने मान्छे । म उसलाई नभेटेरै एकदमै अगाडि आएको थिएँ, उसले कहिलै भेट्नै नसक्ने गरि ।
————————————








March 10th, 2008 at 4:17 am
the writing style is good. But why is the main character so afraid of telling her his feeling? The reason is not clear from the story.
March 10th, 2008 at 9:21 am
Dear Basanta,
first of all, thanks for your comment. second, it’s a story.. it’s paradox.. and main character is not afraid ..he is not just telling.. because.. still he has hope to get and fear to loose.. it doesn’t matter about her status.. but still he loves.. and don’t want to know truth(if she already engaged.. )
still there are many unanswered things..
March 26th, 2008 at 1:35 pm
I read the whole story - something I rarely do on such a long blog post. Its interesting. Is it your story or a fiction? Looks like real one to me
March 26th, 2008 at 4:45 pm
Thanks
April 25th, 2008 at 9:12 am
hi dear friends why you make like this story may you have sam problem in you love so that
July 29th, 2008 at 12:23 pm
tapaiko story malai sari man paro, ma two times padha. tapaiko katha sachakai aafin life sanga milcha. kata kata malai pani purano saathi ko yad aayo tapaiko katha padhara. dhyanabad katha ko legi.
July 31st, 2008 at 7:22 pm
Thanks Narayan (But who you are ?, seems you are from Houston, TX).. for your comment.. just remember and feel it as a story la..
Cheers..