Not always, I used to write something when I became lazy. Sometimes story, sometimes poem and sometimes other things. Previously I was working on media (newspapers). So, I love to write (to be lazy
). Here I have copied/pasted a story that I have written and published on Nepal Magzine dated chaitra 24, 2060. Story can be found on “sahitya” link through following URL:
http://www.kantipuronline.com/Nepal/Archive/86th%20issue/index.html
अफिसबाट र्फकंदा प्रायः म पैदल नै र्फकने गर्छु । सांझको शीतल हावासंगै कसैका बारेमा सोच्नु अथवा वस्तुस्थितिका बारेमा विश्लेषण गर्नुको अर्कै मज्जा हुन्छ । अझ साथमा केही खाने चीज होस्, बाटो काटेको पत्तै हुंदैन । आज म मृत्युका बारेमा कल्पना गर्दै थिएं । सिनेमा, पत्रपत्रिका र उपन्यासमा देखेको मृत्यु । तर अलि फरक किसिमले । मृत्यु, म र म वरिपरिको वातावरणका बारेमा ।
प्रायः म मृत्युदेखि नडराउने मान्छे । म ठान्छु, पायो भने म जतिबेला पनि मर्न तयार रहन्छु । अथवा भनौं युद्धरत सिपाहीले शत्रुको प्रतीक्षा गरी बसेझै म मृत्युको प्रतीक्षा गरिरहेको छु । त्यसमा कुनै भाव छैन, अत्यास छैन, त्रास र छटपटी छैन । मृत्यु आयो, ल हिंड् भन्यो म तयार । ऊसंगै जानका लागि, त्यस्तै लाग्छ ।
मलाई लाग्छ, म मेरो जति नै प्रिय मानिस मरे पनि रुंदिन । म ठान्छु, यो सत्य हो । सबै मर्नुपर्छ भने किन रुने - कोही मर्दा उसका आफन्त रोएको र मर्दै गरेको मान्छे डराएको देख्दा लाग्छ, यो सबै वाहियात कुरो हो ।
आज म मेरो आफ्नै मृत्युका बारेमा कल्पना गर्दै थिएं । अहिले नै म मरें भने के हुन्छ - घर खबर पुग्छ । अरुलाई थाहा नदिईकन दाइ वा अरु नै कोही मेरो शव लिन आउनुहुन्छ । सबैभन्दा पहिलो काम नै त्यही हुन्छ । हतार हतारमा मेरो शवमाथि आगो लगाइन्छ । क्षणभरमै म खरानी हुन्छु । बिस्तारै-बिस्तारै म अर्थात् मेरो खरानी पानीमा बगाइन्छ । मलामीहरुले सहानुभूति दिन्छन् । म जति नै नराम्रो भए पनि त्यो दिन मेरो राम्रो पक्षका बारेमा मात्र चर्चा हुन्छ । बिचरा, ऊ यस्तो थियो वा यस्तो गर्ने भन्दै थियो, यस्तै-यस्तै । उफ् कस्तो पीडादायी क्षण अरुहरुका लागि ।
जे होस्, बिस्तारै घरमा आमाबुबालाई थाहा हुन्छ । मलाई थाहा छ, आमा एकदमै रुनुहुनेछ । कुन आमालाई पो आफ्नो जवान छोरो मर्दा दुःख नलाग्ला ? उफ् आमाको रुवाइ । एकदमै रुनुहुनेछ । एक दिन, दुइ दिन अथवा अरु केही दिन । खाना खानुहुनेछैन । केहीमा पनि रुचि हुनेछैन । मेरो मृत्युको बारेमा सोच्दा सबैभन्दा पहिला कसैका बारेमा सोच्छु भने उहां आमा नै हो ।
बुबा, वृद्ध बुबा । मलाई लाग्छ, बुबाले त्यति धेरै पीर त गर्नुहुनेछैन । म मान्छु बुबामा अलिकति सम्हालिन सक्ने क्षमता छ अथवा उहां मेरो मृत्यु सहने कोसिस गर्नुहुनेछ ।
घर केही दिन अस्तव्यस्त हुनेछ । आमासंगै बहिनी, दिदीहरु, फुपू रुनुहुनेछ । यो मेरो कल्पना मात्र हो । भाउजू पनि रुनुहुनेछ । दाइका बच्चाहरु र भान्जा-भान्जीलाई त त्यति थाहा हुनेछैन । भए पनि ती बिस्तारै फकिइहाल्छन् । भाइ र दाइ…, भाइका बारेमा त ऊ के गर्छ - भन्नै सक्दिन । सायद दुःख मान्ला । तर दाइ, उहांले एकदमै गार्हो मान्नुहुनेछ । सायद रुनु पनि हुन्छ कि - एउटा जवान भाइको मृत्यु, उहांलाई योभन्दा गाहो के हुन सक्छ ?
गाउंमा एक-दुइ दिन चर्चा हुनेछ । शत्रु त भएजस्तो लाग्दैन तैपनि जानिजानी कसले पो शत्रु कमाएको हुन्छ र - साथीभाइ - ती पनि एक-दुइ दिन चर्चा गर्ने मात्र हुन् । यो त सामान्य भइहाल्यो ।
काठमाडौंमा दुइ-चार दिन मेरो अफिससंग सम्बन्धित बोस र स्टाफहरुमा चर्चा चल्न सक्छ । बिचरा यो उमेरमा है, लौ न नि यस्तै-यस्तै । अफिसमा चर्चा मात्र चल्ने न हो । त्यहां भन्दा बढी केही होलाजस्तो त लाग्दैन ।
बिस्तारै १३ दिन बित्नेछ । यो १३ दिनमा घरको अवस्था, दैनिक कामकाज डांवाडोल हुनेछ । आफन्तहरुटाउकोमा हात राखेर घोत्लिनेछन्, काजकिरिया को बस्ला ?
१३ दिनका दिन मलामी खुवाउने काम हुनेछ । काजकिरिया सिद्धिनेछ र आमा, दिदीहरु र अरु कोही पनि बिस्तारै सामान्य अवस्थामा आउनेछन् । १४ दिन, एक महिना अनि बिस्तारै सबैले मलाई बिर्सनेछन् । ऊ थियो र, ख्यालै हुनेछैन । मेरो मन पर्ने चीजवस्तु नजिक हुंदा मलाई सम्झेर आमा फेरि रुनुहुनेछ । मलाई थाहा छ, उहां एकदमै रुनुहुनेछ ।
जे होस्, म बिस्तारै सबैको स्मृतिबाट हट्नेछु । कसैको फोटोसंगै म पनि छु भने म मरेको थाहा पाएको भए ऊ भन्नेछ, बिचरा, यो पनि अकालमै मर्यो है । जसले जति माया गर्छुनै भने पनि उसले १३ दिनसम्म मात्र न हो सम्झने । मैले पनि त्यही हो, अरुले पनि त्यही हो ।
पांच वर्षघिको आफ्नै जन्मदिनका दिन लेखेको डायरीको पाना पढेर हांसो लाग्छ । अहं, अर्थहीन-पीडायुक्त हांसो । मैले कति सजिलै आफ्नो मृत्युका बारेमा सोच्न र लेख्न सकेको हुंला - जोडले हांस्न मन लाग्छ, चिच्च्याएर रुन मन लाग्छ ।
म अस्पतालको बेडमा छु । विगत कोट्याउन डायरीका पाना पल्टाउंदै । हतास मनस्थितिमा, एकदमै हतास । छेउमा श्रीमती छिन् । न्यास्रो अनुहार म देख्नै सक्दिन । उनी मेरी प्रेयसी, मलाई एकदमै माया गर्ने मान्छे ।
दाइ आउनुहुन्छ । साथमा डाक्टर पनि छ । ऊ दाइलाई ढाडस दिंदै छ । दाइको फुंग उडेको अनुहार । बिरामीको छेउमा को पो खुसी भइरहेको हुन्छ र ? तैपनि त्यो त्यस्तो चेहरा थिएन । केही गुमाउंदाको पीडायुक्त चेहराजस्तो ।
म त बिरामी भइहालें । श्रीमतीले सोध्छिन्, उहांलाई कहिले निको हुन्छ ? उहांलाई खास भएको के ?
कलेजोमा समस्या छ, दुइ-चार दिन अझै अस्पतालमा बस्नुपर्छ, डाक्टरले जवाफ दिएर गयो । दाइ केही बोल्नुभएको छैन । मलाई लाग्छ, उहांहरु केही लुकाइरहनुभएको छ, रोगका बारेमा र मेरो अवस्थाका बारेमा म र मेरी श्रीमतीसंग ।
आज अझ पीडा थपिएको छ । हिजो त केही समय बेहोस पनि भएछु, कमजोरीले पो हो कि ? श्रीमती ज्यादै आत्तिएकी छन् । दाइ, उहांको चेहरा त उडेकै छ पहिलेदेखि नै । आज बिहान अस्पतालमा एकजना कलेजोको बिरामी मरेको खबर सुनाइन् श्रीमतीले । उनी पनि म मर्छुकि भनेर डराएकी छन् ।
मलाई व्यथाले एकदमै च्यापेको छ । दाइले गाउंमा खबर पठाउनुभएको रहेछ सायद । घरबाट मलाई हेर्न आउनुभएको छ । उहांहरु आत्तिनुभएको छ । आफन्त र साथीहरुको भीड पनि बढ्दो छ ।
मलाई आज एकदमै डर लागेको छ । म मर्दै छुजस्तो लाग्छ सबैको चेहरा देखेर । मलाई सबैले बिनासित्ति ढाडस दिएजस्तो लाग्छ । कसैले पनि मलाई मेरो सही स्थितिका बारेमा बताउंदैनन् । सायद आत्तिन्छ भनेर पो हो कि ?
तर मेरो मनस्थिति एकदमै बिग्रिसकेको छ । म यस संसारलाई छाडेर जांदैछु । कहा? - थाहा छैन । डायरीको पानामा जे लेखे पनि आज म मृत्युको कल्पना पनि गर्न सक्दिन। अझ केही वर्षबांच्ने मन छ । म, मेरी प्रेयसी, घरपरिवार, साथीभाइ र यस राम्रो संसारबाट टाढा जांदैछु । सबैसंग छुथतिदैछु । प्रेयसी, बिचरी मेरो मृत्युपछि के गर्लिन् ? कल्पनै गर्न सक्दिन । उनको पेटमा हुर्किरहेको बच्चा, मेरो बच्चा । म यहां आफ्नो संसार छोडेर जांदै छु । इज्जत, मान-सम्मान, व्यवसाय, पैसा, आफन्त र मेरो आफ्नै प्यारो संसार । उफ् कति पीडादायी क्षण ।
डाक्टर आउंछ फेरि जांच्न । यो सबै नियमित सिलसिला हो । म डाक्टरसंग याचना गर्छु, प्लिज डाक्टर, मलाई बचाऊ, मलाई मर्न मन छैन । एकदमै कारुणिक आवाजमा आफ्नो जीवनको भिख माग्छु । सधैं नआत्तिनुहोस्, चांडै ठीक हुन्छ भन्ने डाक्टर आज केही बोल्दैन । या त आस मारिसकेको हुनुपर्छ अथवा मेरो आवाज एकदमै दबेको छ । उसले बुझ्दैन अथवा सुन्दैन । मैले मात्रै बोलेको छु, मनबाट अथवा मुखबाट कसैले नसुन्ने गरी । बिचरा डाक्टर, ऊ के जीवन दिन सक्थ्यो ।
डाक्टर जान्छ । ऊसंगै दाइ पनि जानुभएको छ । मलाई थाहा छ, म मर्दैछु । केही समयपछि आफ्नो संसारलाई छोडेर सबैलाई रुवाउंदै । मलाई कसैले बचाउन सक्दैन । कसैले बचाउन सक्छ - म याचना गरिरहेको छु ।







April 22nd, 2007 at 11:53 am
ye 4 barsa huna laagyo saathi ta jiudai. lol
hatterika marna hudaina ajha kati website ma code haana baki chha. pheri malai tension hunchha.
But the article is wonderful. ekchhin ko laagi ta ma chakka pare.
keep on writing this type of article. i really like this, though is sad one but its the part of our life and we have to accept the truth.
April 22nd, 2007 at 6:40 pm
shock:oh wonderful ma jhandai ruye sathi ta sachhi gaye ki vaner ! huna ta sahitya ko vasha teti bujhdina tara eak pata ta man chhuyo kata kata man amilo vayera aayo . sarai ramro lagyo by heart i saying …………… nayan sir kyeboard matri hai na kalam pani samaune garnush kalm le vaka sachi pakrado raichha …………….. plz chadai arko story padna malai jurosh…………. mero MIRTU AAGADI NAI LA KASLAI K THA KAL HO NA HO …………………
April 22nd, 2007 at 7:44 pm
Mitra yeti ramro lekhnu hudo rayacha .. bastab ma .. dherai ramro lagyo tapai ko artical .. tapai ko paltform bhanda bhaira .. maile sochya ko theyana .. naryana g … Chuppa rustam p hunuhudo rayachha…
any way mitra.. it is nice articall .. keep it up …. PHP ra linux chai Na chodnu ni
April 23rd, 2007 at 7:58 am
ha ha ha, k ho yasto ha ha ha!
yo katha ho ki k ho j hos auta kalpana, death ko imagination its good, it reminded me abt death meditation, anyway u reminded me a great reality that everybody has to go one day, sooner or later. This thing makes me strong to give some beautiful things to the world before my death, n i’m sure u r goona give something 2 the world. ya dear, death is near so lets do something by that people will remember us more than years.
April 26th, 2007 at 5:25 am
bloggers.com.np ko link pani sakham na. here is the code.
April 30th, 2007 at 1:22 pm
Absolutely wonderful article!!!!
Keep it Up Narayan Da…
Cheers!!!
May 5th, 2007 at 5:38 pm